युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज प्रहरीले पक्राउ गरेको छ ।

मिति २०७९÷०९÷१० गते २ वटा सुट्केश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा आज अनुसन्धानका लागि महरालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एक विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भनी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ ।

#पूर्वसभामुख
#कृष्णबहादुरमहरा
#महरा
#पक्राउ
#नेपालसमाचार
#CIB
#सुनतस्करी
#ईलेक्ट्रिकसिगरेट
#भेप
#भन्सारअधिकार
#त्रिभुवनविमानस्थल
#अपराध
#संगठितअपराध
#भन्सारऐन
#NepalNews
#BreakingNewsNepal
#NepaliPolitics
#Investigation
#CrimeNepal
#TheSGGallery

प्रतिक्रिया

सम्बन्धित ख