Latest News
Kathmandu

नेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : रवि लामिछाने

नेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको प्रतिबद्धता तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।

चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिँड्न नपाउने बताए।
उनले भने, “भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा जनताले सजाय दिन पाउनुपर्छ। नेताले बोल्दो–हिँड्दो सकियो, पूरा नगरी यतिकै हाँसेर हिँड्न पाइन्न।”

आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्न लागेको जानकारी दिए। पार्टी सभापतिको हैसियतले देशका विभिन्न भागमा पुग्नुपर्ने जिम्मेवारी रहेकाले चितवन क्षेत्र नं. २ को चुनावी अभियानमा नागरिकलाई आफ्नो प्रतिनिधिका रूपमा काम गर्न आग्रह गरे।

“यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ,” उनले भने, “तपाईंहरू मेरो प्रतिनिधि भएर वरपरका घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई देशका दुर्गम ठाउँमा पुग्ने अवसर दिन्छ।”

लामिछानेले रास्वपाले कम्तीमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्षको स्थिर सरकार देशको आवश्यकता भएको बताए।
उनका अनुसार, “यसपटक हामीले कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनुपर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछि पाँच वर्षको कामले बोल्छ, हामीले बोल्न पर्दैन।”

उनले मतदातासँग अन्य कुनै माग नरहेको उल्लेख गर्दै नागरिककै विवेक र विचारलाई अन्तिम जिम्मा सुम्पिएको बताए।
“यसका लागि हामी तपाईंको विवेकलाई जिम्मा लगाउँदैछौं, तपाईंको विचारलाई जिम्मा लगाउँदैछौं,” उनले भने।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मकवानपुर–१ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा
पछिल्लो समाचार →
मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली कालो भालुको बच्चा

Leave a Comment

Your email address will not be published. Required fields are marked *