Latest News
Kathmandu

मकवानपुर–१ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा

मकवानपुर–१ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा

हेटौंडा । निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो।

→ २०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बने
→ २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन
→ एमाले मकवानपुरको सचिव बने र तीन कार्यकाल जिल्ला नेतृत्व सम्हाले
→ चार कार्यकाल पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे
→ स्थानीय तहमा पनि अनुभव : २०४९ साल वडा अध्यक्ष, २०५४ साल जिल्ला विकास समिति सभापति

रामेश्वर राना ईमान्दार, कर्मठ र सादगीपूर्ण नेताको रूपमा परिचित छन् र यसपटक मुख्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै जीत हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

मकवानपुर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसकी पूर्व सांसद महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाका युवा उम्मेदवार विजय गौतम, राप्रपाबाट पूर्व सांसद दीपकबहादुर सिंह, र राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता प्रकाश गौतम मुख्य प्रतिस्पर्धी मानिएका छन्।

यो निर्वाचन क्षेत्रमा कुल २३ जनाको उम्मेदवारी परेको छ, जसमा १३ जना राजनीतिक दलका१० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मोरङ–१ : मेरो प्रतिस्पर्धा व्यक्ति होइन, क्षेत्रका समस्या हुन्
पछिल्लो समाचार →
नेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : रवि लामिछाने

Leave a Comment

Your email address will not be published. Required fields are marked *