Latest News
Kathmandu

कोभिड भ्याक्सिनले महिनावारी चक्रमा केही परिवर्तन आउन सक्छ

कोभिड भ्याक्सिनले महिनावारी चक्रमा केही परिवर्तन आउन सक्छ

बेलायतका महिनावारी विशेषज्ञले कोभिड भ्याक्सिनले महिनावारी चक्रमा केही परिवर्तन आए पनि त्यो छोटो समयका लागि हुने बताएका छन् ।

इम्पेरियल कलेज बेलायतकी चिकित्सक भिक्टोरिया मेलले महिनावारी ट्र्याक गर्ने अमेरिका र नर्वेको अध्ययनलाई ‘आश्वासक’ भनेकी छिन् । यसले कोभिड भ्याक्सिनले प्रजननमा असर पुर्‍याउनेबारे गलत सूचना फैलाएको आरोप लगाएकी छिन् । बेलायतको नियामक निकायले कोभिड भ्याक्सिनले प्रजनन क्षमतामा असर पर्ने कुनै प्रमाण नभएको बताएको छ ।

औषधी र स्वास्थ्य सम्बन्धी सामग्री उत्पादन गर्ने निकायले भने कोभिड भ्याक्सिनपछि धेरै रक्तस्राव र महिनावारी चक्रमा गडबडी भएको ३७ हजार रिपोर्ट प्राप्त भएको जनाएको छ । सधैँ कोभिड महिनावारी प्राकृतिक प्रक्रिया र यसको भ्याक्सिनसँग कुनै सम्बन्ध नरहेको दाबी गरे पनि वैज्ञानिकहरूले थप अनुसन्धानका लागि आग्रह गरिरहेका छन् । ब्रिटिस मेडिकल जर्नलको सम्पादकीयमा चिकित्सक प्रजनन इम्युनोलोजीका विज्ञ मेलले दुईवटा अध्ययनलाई औँल्याएका छन् ।

अमेरिकामा महिनावारी चक्र ट्र्याक गर्ने एप प्रयोग गर्ने ४ हजार जनामा खोपको दोस्रो डोज लगाएपछि महिनावारी हुन १५ दिन ढिला भएको पाइएको थियो । तर पहिलो डोजपछि भने यस्तो समस्या देखिएको थिएन ।

साझा गुनासो
जसले एउटै चक्रमा दुई डोज खोप लगाउने महिलाहरूमा महिनावारी दुई दिन ढिला हुने समस्या देखिएको थियो । डा. मेल भन्छिन् बेलायतका महिलाहरूको हकमा यो अवस्था आउँदैन किनभने उनीहरूमा पहिलोदेखि दोस्रो डोज खोप लगाउँदाको फरक ८ हप्ता सम्म थियो ।

खोप लगाएका १० जना र भ्याक्सिन नलगाएका २५ जना महिलाबीच गरिएको अध्ययनमा महिनावारी चक्र ८ दिनले ढिला भएको पाइएको थियो । त्यसमा पनि दुई चक्रपछि महिनावारी चक्र सामान्य अवस्थामा आइसकेको थियो ।

नर्वेमा ५ हजार ६ सय जनामा गरिएको अध्ययनमा कती प्रतिशतमा महिनावारी प्राकृतिक चक्र अनुसार नै भइरहेको छ देखाएको थियो । अध्ययनमा ४० प्रतिशतमा देखिएको परिवर्तनमा भ्याक्सिन नलगाएको समयकोभन्दा बढी रक्तस्राव भएको भन्ने नै थियो ।

डा मेल भन्छिन्, ‘खोप लगाएपछि महिनावारी चक्रमा परिवर्तन देखिएको छ तर ती छोटो अवधिको लागि र चाँडै सुल्झिने परिवर्तन हुन् । मुख्य चिन्ता त खोपले महिलामा बाझोपन निम्त्याउँछ भन्ने गलत बुझाई र जानकारीले ल्याएको छ । बच्चाका योजना गरिरहेका जोडीमा अध्ययन गर्दा पनि त्यस्तो कुनै समस्या नरहेको तथ्यले हामी अझै स्पष्ट हुन सक्छौ । तथापि कोभिड सङ्क्रमणले शुक्राणु सङ्ख्या र त्यसको गुणस्तर घटाउँछ भन्ने जुन अनुमान छ यस बारेमा थप अध्ययन गरेमा बिरामीलाई सही सल्लाह दिन सकिन्छ । त्यसैले यस विषयमा थप अनुसन्धान आवश्यक छ जसले गर्दा एक ठोस निष्कर्षमा पुग्न सजिलो होस् ।’

मेलले महिनावारी प्रजननको यस खोजबाट एक बिन्दुमा पुग्न धेरै समय लागेको बताइन् । बेलायतमा महिलालाई कोभिडको ५ करोड १० लाख मिलियन डोज लगाइएको छ । –बीबीसीबाट

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रेडियो : शिक्षण सिकाइ सहजीरकणको विकल्प
पछिल्लो समाचार →
यौनिक तथा लैंगिक अल्पसंख्यक भन्छन्, ‘अझै समानता पाइएन’

Leave a Comment

Your email address will not be published. Required fields are marked *