‘परिणाममुखी राजनीति गर्छु, रोजगारी र आर्थिक रूपान्तरण मेरो प्राथमिकता’

काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका श्रीराम गुरुङले चुनावी अभियान तीव्र बनाएका छन्। घरदैलो, भेटघाट र अन्तरक्रियालाई प्राथमिकतामा राख्दै उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले देशको भविष्य, रोजगारी र आर्थिक अवस्थाप्रति मतदाताको चिन्ता बढेको बताए। “घरदैलोमा धेरै प्रश्न आउँछन्। देशको अवस्था र रोजगारीबारे चासो छ,” उनले भने।

काठमाडौं–५ मा उनका प्रमुख प्रतिस्पर्धीहरूमा प्रदीप पौडेल (नेपाली कांग्रेस), ईश्वर पोखरेल (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) र कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) रहेका छन्।

गुरुङले आफ्नो मुख्य एजेण्डा रोजगारी सिर्जनाआर्थिक रूपान्तरणलाई बनाएका छन्। विकास निर्माणभन्दा अघि व्यवसाय संरक्षण र रोजगारी विस्तार आवश्यक रहेको उनको धारणा छ।

पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको आधार मान्दै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी ऐन तथा पर्यटन कानुनमा नीतिगत संशोधन आवश्यक रहेको बताए। वैदेशिक लगानी, प्रविधि र सहकार्यका लागि ‘ओपन डोर’ नीति अपनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य उनले राखेका छन्।

गुरुङले आफू परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं–५ का लागि उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख