Latest News
Kathmandu

नेपाल छायांकनका लागि उत्कृष्ट गन्तव्य, कोरियन निर्देशकको प्रशंसा 🇳🇵🎬

काठमाडौं । सगरमाथा आधार शिविर मा कोरियन ‘ब्ल्याक याक’ ब्राण्डको विज्ञापन छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। हिउँद मौसममै गरिएको सुटिङले अन्तर्राष्ट्रिय टोलीलाई प्रभावित बनाएको छ।

पाँचौं पटक नेपाल आएका छायाँकार लियो हर्नले मौसम अनुकूल बनेपछि अविश्वसनीय दृश्यहरू खिच्न सफल भएको बताए। निर्देशक योङजिन युनले हिमालय क्षेत्रको प्राकृतिक सौन्दर्यलाई विश्वकै उत्कृष्ट लोकेसनमध्ये एकको रूपमा प्रशंसा गरेका छन्।

२०० भन्दा बढी फिल्म निर्देशन गरिसकेका युनका अनुसार, “नेपालजस्तो प्राकृतिक सुन्दरता अन्यत्र देख्न पाइएको छैन।” कलाकारहरूले पनि सगरमाथा आधार शिविरमा काम गर्न पाउनु अद्वितीय अनुभव भएको बताएका छन्।

यता पर्यटन व्यवसायीहरूले भने नेपालमा सुटिङ प्रक्रिया अझै झन्झटिलो र जटिल रहेको गुनासो गरेका छन्। सहजिकरण भए थप अन्तर्राष्ट्रिय डकुमेन्ट्री र फिल्म नेपाल भित्रिने विश्वास व्यक्त गरिएको छ।

चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्ड बीच नेपाललाई अन्तर्राष्ट्रिय फिल्मिङ हब बनाउने समझदारी भइसकेको छ। सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभल मा सहभागितासहित विभिन्न प्रवर्द्धनात्मक योजना तय गरिएको जनाइएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा कायम
पछिल्लो समाचार →
सडक सञ्चालनमा आएको १३ वर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

Leave a Comment

Your email address will not be published. Required fields are marked *