Latest News
Kathmandu

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको मतगणनास्थल तय भएको छ ।

मकवानपुरमा अघिल्लो निर्वाचनको मतगणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा–४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रशासनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवनमा हुने जनाइएको छ ।

मतगणनाको मिति र समय भने मतपेटिका प्राप्त भएपछि प्रकाशन गरिने कार्यालयले जनाएको छ ।

मतदान सकिएपछि ल्याइएका मतपेटिका सुरक्षित राख्नका लागि कोठा व्यवस्थापन, तारजाली जडान तथा सिसिक्यामेरा राख्ने काम सम्पन्न भएको निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाका प्रमुख हरि ढकालले जानकारी दिएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Nepali peacekeepers departing for MONUSCO mission in the Democratic Republic of the Congo during troop rotation ceremony

Leave a Comment

Your email address will not be published. Required fields are marked *