Latest News
Kathmandu

बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान

बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै आफ्नो मताधिकार प्रयोग गरेका छन्

उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन बालेन शाह बिहानै मतदान केन्द्र पुगेका थिए

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भन्दै सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे। उनले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान प्रक्रिया अघि बढिरहेको समेत बताएका छन्।

हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका मुख्य प्रतिस्पर्धीका रूपमा बालेन शाह मैदानमा छन्। निर्वाचन परिणामले देशको राजनीतिक दिशालाई तय गर्ने भएकाले नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Security arrangements and preparation at Bhutandevi Secondary School building in Hetauda for Makwanpur vote counting
मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने
पछिल्लो समाचार →
रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन
Voters standing in line at a polling center during the House of Representatives election in Rautahat with security personnel deployed.

Leave a Comment

Your email address will not be published. Required fields are marked *