Latest News
Kathmandu

रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

रौतहट । प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलहरूमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो।

बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन्। अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त सुदृढ पारिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी गरी करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षा रणनीतिअनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् भने बाहिरी घेराको सुरक्षा जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनाले सम्हालेका छन्।

निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरूलाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। रौतहट जिल्लामा यसपटक कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन्।

प्रशासनले कुनै पनि भय वा त्रास नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन आम जिल्लाबासीलाई आग्रह गरेको छ। मतदान कार्य आज बेलुका ५ बजेसम्म जारी रहने जनाइएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Balen Shah casting his vote at Annapurna School polling center in Tinkune Kathmandu during Nepal election.
बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान
पछिल्लो समाचार →
ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील
Jagdish Kharel casting his vote at Mahadev Temple polling center in Lalitpur Constituency 2 during the Nepal House of Representatives election.

Leave a Comment

Your email address will not be published. Required fields are marked *