Latest News
Kathmandu

ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन्।

उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन्। सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरेका छन्। उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला।’

खरेल यसपटक पहिलो पटक ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबैसँग अपील गरेका छन्।

ललितपुर क्षेत्र नं. २ सहित देशभर नै बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगले निर्धारित समयभित्र शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Voters standing in line at a polling center during the House of Representatives election in Rautahat with security personnel deployed.
रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन
पछिल्लो समाचार →
रास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान
RSP chairman Rabi Lamichhane casting his vote at Mahankalchour polling center in Kathmandu during Nepal House of Representatives election.

Leave a Comment

Your email address will not be published. Required fields are marked *