युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

उदयपुर । जन्ती बोकेको टिपर दुर्घटनाबाट घाइते भएका उदयपुरका दुईजनाको उपचारको क्रममा ज्यान गएको छ । आइतबार बेलुका सिन्धुलीको बाणे गाउँबाट कटारीतर्फ आउँदै गरेको ना.३.ख.७४९० नम्बरको टिपर दुधौली नगरपालिका ५ ठाकुरखोला ३ नम्बर पुलमा दुर्घटना हुँदा २६ जना घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमरको प्राथामिक स्वास्थय केन्द्र सिर्थौली र २४ वर्षीय अजय दनुवारको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको ट्राफिक पोष्ट दुधौलीका इन्चार्ज प्रहरी हवल्दार हरेराम खतिवडाले जानकारी दिए ।

घाइतेमध्ये अन्य ७ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी सामान्य उपचारपछि घर फर्किन थालेको खतिवडाले जानकारी दिए । घाइतेमध्ये दुईजना सिन्धुलीका र बाँकी सबै उदयपुरको कटारी क्षेत्रका हुन् ।

खतिवडाका अनुसार बेहुला र बेहुली भने अर्कै गाडीमा रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख