Latest News
Kathmandu

तीन नेता सम्मिलित जसपामा मुख्यालय समिति गठन

तीन नेता सम्मिलित जसपामा मुख्यालय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ ।

काठमाडौंमा जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यस्तै जसपाले १ र २ असारमा काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु, ७ को अवस्था गम्भीर
पछिल्लो समाचार →
त्रिवि अन्तर्गतका क्याम्पसलाई समयमै सुधार्न अति नै जरुरी छः मन्त्री पौडेल

Leave a Comment

Your email address will not be published. Required fields are marked *