Latest News
Kathmandu

नयाँ शैक्षिक सत्र जेठबाट परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने

नयाँ शैक्षिक सत्र जेठबाट परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने

काठमाडौँ । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु गरिने भएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी थालिसकिएको छ । ‘भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने र पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक व्यवस्थापनसहितका आवश्यक तयारी थालिसकिएको छ ।’

जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्नेछ । कोरोना सङ्क्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको थियो । अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।

उनका अनुसार परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमै हुने छ । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस चाहिँ नगर्न भनेका छौँ,’ उनले भने ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मनोमानी राष्ट्रिय सम्पदामा
पछिल्लो समाचार →
कारोबार बढेको हो घरजग्गाको

Leave a Comment

Your email address will not be published. Required fields are marked *