Latest News
Kathmandu

कारोबार बढेको हो घरजग्गाको

कारोबार बढेको हो घरजग्गाको

काठमाडौं । गत माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबार बढेको छ । गत माघको तुलनामा लिखत पारित (पास), नामसारी, रोक्का, फुकुवालगायत कारोबारहरु बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बताएको छ ।

फागुन महिनामा ७४ हजार ३६ वटा लिखत पास भएका थिए भने ५ हजार ९ वटा नामसारी भएका छन् । माघमा भने ५९ हजार ५१६ वटा लिखत पास हुँदा ४ हजार २७७ वटा नामसारी भएका थिए ।

माघमा रोक्का ३० हजार ९८५ र फुकुवा १८ हजार ६७६ वटा भएकोमा फागुनमा रोक्का ३६ हजार ५७२ र फुकुवा २४ हजार ७४९ वटा भएका छन् ।

विभागका अनुसार माघ महिनामा अपार्टमेन्ट खरिदबिक्री ३२ वटा हुँदा फागुनमा भने ३८ वटा भएका छन् । जग्गा दर्ता भने माघको भन्दा फागुनमा घटेको छ । माघमा २८ वटा जग्गा दर्ता भएकोमा फागुनमा २१ वटा भएका छन् ।

कसरी बढ्यो जग्गा कारोबार ?

माघको तुलनामा फागुनमा घरजग्गाको कारोबार बढे पनि अघिल्लो वर्षको फागुनको जति पनि पुगेको छैन । विभागका निर्देशक कृष्णप्रसाद भण्डारी अहिले कारोबार बढेको देखिनुको सामान्य विषय भएको बताउँछन् । उनका अनुसार माघमा मालपोत कार्यालयहरु धेरै बन्द थिए । यसले गर्दा फागुनमा बढेको देखिएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नयाँ शैक्षिक सत्र जेठबाट परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने
पछिल्लो समाचार →
विकास बजेट खर्च ८ महिनामा ७७ अर्ब मात्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *