युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् ।

सामुदायिक विद्यालयहरूले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, ‘हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरू खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक विद्यालयहरूको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूले अहम भुमिका निर्वाह गर्नुपर्छ ।

नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न योजनाहरू लागु गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारका लागि शिक्षक तथा अभिभावकहरू समेत जागरुक हुनुपर्ने बताए । शनिबार गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले आईतबार विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए ।

शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरीएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख