Latest News
Kathmandu

१३२ यात्रु बोकेको जहाज चीनमा दुर्घटना

१३२ यात्रु बोकेको जहाज चीनमा दुर्घटना

काठमाडाैँ । चीनमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त बनेको छ । पहाडी क्षेत्रमा आगलागीका कारण बोइङ ७३७ जहाज दुर्घटना भएको बताइएको छ ।

चीनको दक्षिणी क्षेत्र गुआङजी झुआङ स्वायत्त क्षेत्रमा सोमबार जहाज दुर्घटना भएको ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनाको क्रममा कति क्षति भयो भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।

चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ विमानस्थलबाट दिउँसो १ बजेपछि ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेको हो । उक्त जहाज अपराह्न ३ बजे अवतरण गर्नुपर्ने तालिका थियो ।

दुर्घटनापछि घटनास्थलमा अहिले स्थानीय सरकारले ठूलो संख्यामा उद्धार टोली खटाएको सिन्ह्वाले जनाएको छ । चाइना इस्टर्न एयरलाइन्स कम्पनीको उक्त जहाज २०१५ को जुनदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । उक्त जहाजमा १२ बिजनेस क्लासका सिटसहित १६२ सिट रहेका थिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
खेलकुद मन्त्री : विद्यालयहरू खेलमैत्री हुनुपर्छ
पछिल्लो समाचार →
शुक्रबार नेपाल आउने चिनियाँ विदेशमन्त्री वाङ यी

Leave a Comment

Your email address will not be published. Required fields are marked *