Latest News
Kathmandu

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार आयोजना गरिएको सो शिविरमा १ सय ८ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन् । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १ सय २९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र १ सय १३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अर्थमन्त्रीको आग्रह यासको साटो विद्युतीय चुलो प्रयोग गर्न
पछिल्लो समाचार →
पल शाहविरुद्ध अदालतमा मुद्दा दायर १२ देखि १४ वर्ष जेल सजाय माग

Leave a Comment

Your email address will not be published. Required fields are marked *