Latest News
Kathmandu

पल शाहविरुद्ध अदालतमा मुद्दा दायर १२ देखि १४ वर्ष जेल सजाय माग

पल शाहविरुद्ध अदालतमा मुद्दा दायर १२ देखि १४ वर्ष जेल सजाय माग

पोखरा । नाबालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको मुद्दा अब अदालत पुगेको छ ।

सरकारी वकिलको कार्यालय तनहुँले उनको मुद्दा अदालतमा दर्ता गराएको हो । जिल्ला प्रहरी कार्यालयले करिब १ महिना अनुसन्धान गरेर सबै फाइल र रायसहित शाहलाई सोमबार सरकारी वकीलको कार्यालयमा पेश गरेको थियो ।

शाहलाई सरकारी वकिलको कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजायको माग सहित अदालतमा पेस गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार पीडित नाबालिग भएकोले हदैसम्मको कारबाही माग गरिएको हो ।

शाहसँगै उनका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि ५ देखि ६ वर्ष कैद सजायको माग छ । उनलाई मतियारका रूपमा कारबाही गर्न भनिएको हो । शाहले भोग्ने सबै सजायको आधा सजाय जोशीले पनि भोग्नुपर्ने शर्माले बताए । पललाई तीन पटकसम्म म्याद थपेर अनुसन्धान सकिएको हो ।

फागुन ११ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएपछि शाहले १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनीविरुद्ध १५ गते नै ७ दिन म्याद थपेर अनुसन्धान थालिएको थियो भने दोस्राेपटक फागुन २१ गते १२ दिन र तेस्राेपटक चैत ४ गते ५ दिनका लागि म्याद थपिएको थियो ।

अन्तिमपटक थपिएको म्याद नसकिँदै प्रहरीले सरकारी वकिल कार्यालयमा मिसिलसहितको प्रतिवेदन पेश गरेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न
पछिल्लो समाचार →
आईएसएमटी कलेज पाेखरामा बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम

Leave a Comment

Your email address will not be published. Required fields are marked *