Latest News
Kathmandu

आईएसएमटी कलेज पाेखरामा बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम

आईएसएमटी कलेज पाेखरामा बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम

काठमाडौँ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज पाेखरामा पनि सञ्चालन गरिएको छ ।

उक्त विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसककेको आईएसएमटी कलेज पाेखराले जनाएको छ ।

बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटिको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड युनिभर्सिटी बेलायतको नयाँ युनिभर्सिटी मध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो ।

सोही विश्वविद्यालयकाे शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै अझै भन्नु पर्दा स्थानीय पर्यटकीय शहर पोखरामा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटी कलेज पाेखराले जनाएको छ ।

आईएसएमटी ग्रुप अफ कलेजेज युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पल शाहविरुद्ध अदालतमा मुद्दा दायर १२ देखि १४ वर्ष जेल सजाय माग
पछिल्लो समाचार →
‘बोई’को जन्मदिन चैत्र १२ गते

Leave a Comment

Your email address will not be published. Required fields are marked *