युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । गजकार वसन्त ओली ‘वसन्ती’को गजल संग्रह ‘बोई’ विमोचन हुँदै छ । सो गजल संग्रहको विमोचन चैत्र १२ गते दिउँसो १ बजे राष्ट्रिय नाच घर जमलमा हुन लागेको गजलकार ओलीले जानकारी दिएका छन् ।

विगत केही समयदेखि गजलको गायन तथा वाचनमा स्टेज चम्काइरहेका गजलकार ओलीका बेजोड गजलले धरैँको मन जितेको छ । उसो त कुनै पनि काव्य सिर्जना जन्मनुमा आफ्नै कारण, कारक र अभिप्राय हुन्छन् । गजलकार ओलीको ‘बोई’ जन्मनुमा पनि आफ्नै कारण छन् ।

गजलकार ओली गजलकार मात्र नभएर फुटवल खेलाडी पनि हुन् । निरन्तर प्रयास र प्रयत्न पश्चात् खेलाडी बन्ने सपनाको निकै निकट पुगेका थिए ओली । सपनाको उचाइमा पुग्न पाउँदा नपाउँदै खेलकै क्रममा खुट्टामा गहिरो चोट लाग्यो । दुईपटकसम्म शल्यक्रीया नै गर्नुप¥यो । दन्तेलहर खोलेर मुसुक्क हाँस्दै गजलकार ओली भन्छन्, ’चोटले गजल जन्माउने रहेछ , गजलले मलाई पनि नयाँ जन्मदियो’ ।

यसरी गजलयात्रामा लागेका ओलीको अढाई वर्ष अघि आफूलाई खुबै माया गर्ने, अति प्रिय मान्छे आफूसँग सदाको लागि छुटेपश्चात् पीडामा झनै पीडा थपियो । पीडामा पीडा थपिएपछि आफ्नो पीडा पोख्ने शसक्त माध्यम आफूले गजललाई नै बनाएको गजलकार ओली बताउँछन् ।

भन्छन्, ’बोईका यादहरू मस्तिष्कमा ओहोरदोहोर गरिरछन् , ती यादहरूले नै ’बोइ’ संग्रहको जन्म गरायो’। नेपाली ठेट भाषा त्यसमाथि पनि मध्यपश्चिम तीर आमा तथा बुवाको आमालाई अर्थात् हजुरआमालाई ’बोई’ भन्ने चलन छ । ओलीले यहीँ शब्दलाई टपक्कै टिपेर आफ्नो कृतिको ’न्वारान’ गरेँ । वसन्तीले जन्माएको ’बोई’ कृति उनकी हजुरआमा (बोई) अम्बी ओलीप्रति समर्पित छ ।

‘बोई’ मा नेपाली गजलले बेवास्ता गरेको र अपनाउन नसकेको गजलको अनिवार्य शर्त लय अनुशासनको अदबले सिँगारिएका प्रत्येक सेर ओजिला छन् । गजलका हरेक अनुशासनलाई इमान्दारिताका साथ निभाइएको छ । बोईले नेपाली गजलको परम्परागत विषय, बिम्ब, प्रतीक र उपमाको आयाम फराकिलो पारेको छ ।

बोईमा कैयौँ नियमहरू आफै निर्माण गरिएका छन् । परीक्षाको लागि पनि हुनसक्छ, ती नियमहरू गजलको चलिआएका लयका अभ्यासभन्दा धेरै जटिल र दुरूह छन् । यति विघ्न जटिल लयमा पुग्दा पनि सेर कतै कमजोर हुन दिइएको छैन् ।

मायाप्रेम, देशभक्ति र सामाजिक यथार्थता लगायत विषयका १०१ वटा गजल बहरबद्ध गजलहरू र केही पृष्ठहरूमा बोईसँग घटेका केही मार्मिक शब्दहरूमा बोईको कथा गजलसङ्ग्रह ‘बोई’ मा समेटिएको छ । गजलको पाण्डुलिपी पढेपश्चात् एक अग्रजले लेखेका छन् –‘बोई’ भित्रका गजलहरू शब्दका थुप्रा हैनन् । भावको तीव्रतम् अनुभूति बोकेका आगोका फिलिङ्गा हुन् । बिजुलीको तारमा दौडिरहेको उच्चतापको करेन्ट नै हुन् भन्दापनि फरक पर्दैन् । हामीले देखिरहेका, भोगिरहेका, बुझिरहेका र अनुभव गरिरहेका कुराहरूलाई बोईमा टपक्क टिपिइएका र गजलका सेरमा चटक्क मिलाएर उनिएका छन् । कुरोलाई सटिक र भनाइलाई अर्थपूर्ण किसिमले गजलबाट व्यक्त गर्नु ‘बोई’ मा भएका गजलहरूको विशेषता हो ।’

वि.सं. २०६९ सालमा उपन्यास ‘तिर्सना’ बाट नेपाली साहित्यमा बामे सरेका वसन्त ओली वसन्तीको ‘बोई’ दोश्रो कृति हो । जसलाई बुलबुल पब्लिकेशनले प्रकाशन र सफल पब्लिकेशनले वितरण गर्ने भएको छ ।

पुस्तक यही चैत १२ गते १ बजे राष्ट्रिय नाचघर जमलमा औपचारिक कार्यक्रम गरि बिमोचन हुने आयोजक बुलबुल पब्लिकेसनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख