Latest News
Kathmandu

आरजु राणा : निर्वाचनमा गठबन्धन हुन्छ, म कैलाली ५ बाट लड्छु

आरजु राणा : निर्वाचनमा गठबन्धन हुन्छ, म कैलाली ५ बाट लड्छु

धनगढी । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् ।

कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् ।

प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धनसहित इलेक्सनमा जाने हो ।’

महामन्त्री गगन थापालगायतका नेताहरूले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले असहमति राख्न पाइने तर गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको बताइन् ।

नेकपा (एमाले) विभाज भएका बेला कांग्रेस एक्लै चुनावमा जान किन नसकेको भन्ने प्रश्नमा राणाले परिस्थिति त्यति सजिलो नभएको बताइन् । ‘राजनीतिक परस्थिति त्यति सजिलो छ र ? अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले पनि हामीलाई मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको छ ।’

राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट नलड्ने बताएकी छन् । ‘बर्दिया, कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्लाहो । म पहिले पनि यहीबाट चुनाव लडेकाले फेरि यहीबाट लड्छु’ उनले भनिन्, ‘सर्लाहीका साथीहरूले पनि आऊ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ तर मैले ४/५ वर्षदेखि यही काम गरिरहेकाले कैलालीबाटै उम्मेदवारी दिन्छु ।’

उनले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अनावश्यक रुपमा गरिएका हल्लामा विश्वास नगर्नसमेत आग्रह गरेकी छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रुसको ठूलो योजना विफल बनायो युक्रेनको एउटा सानो सहरले
पछिल्लो समाचार →
गण्डकीको गुटबन्दी प्रचण्डलाई दिग्दार बनाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *