Latest News
Kathmandu

पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान, शशांक उपस्थित

पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान, शशांक उपस्थित

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायत विषयमा राय लिन पौडेलले संस्थापतइतरका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।

यही छलफलको आधारमा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा धारणा राख्ने तयारी पौडेल पक्षले गरेको छ । बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला उपस्थित भएका छन् । नेता शेखर कोइराला र प्रकाशमान सिंह भने भेलामा उपस्थित भएका छैनन् ।

केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य, तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावललगायतका नेताहरू सहभागी छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
योगी आदित्यनाथको शपथ ग्रहण समारोह अघि एक व्यक्ति प्रहरीबाट मारिए
पछिल्लो समाचार →
सबै घरमा मिटरजडित धाराबाट खानेपानी आपूर्ति गर्ने देशकै पहिलो वडा १ बन्यो – सुनकोशी

Leave a Comment

Your email address will not be published. Required fields are marked *