Latest News
Kathmandu

सबै घरमा मिटरजडित धाराबाट खानेपानी आपूर्ति गर्ने देशकै पहिलो वडा १ बन्यो – सुनकोशी

सबै घरमा मिटरजडित धाराबाट खानेपानी आपूर्ति गर्ने देशकै पहिलो वडा १ बन्यो – सुनकोशी

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर-१ शतप्रतिशत घरधुरीमा मिटरजडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा बन्न सफल भएको छ ।

सुनकोशी गाउँपालिकावासीले वर्षौँदेखि झेल्दै आएको खानेपानीको समस्यालाई सम्बोधन गर्न २०७५ सालको जेठ १५ गतेबाट वडाले घरघरमा धारा घरघरमा पानी अभियान थालनी गरेको थियो । योजनाको पहिलो चरणमा लिफ्टिङ गरेर ६४ घरधुरीमा पानी उपलब्ध गराउन सफल भएको वडाका वडाध्यक्ष नेत्र कार्कीले जानकारी दिए ।

यो सफल भएपछि पानीका अन्य प्राकृतिक स्रोतहरू समेत संकलन गरी डिप बोरिङ र ३ वटा लिफ्टिङ निर्माण गरी वालमैत्री धारामार्फत पानी वितरण कार्य सम्पन्न भएको थियो । अहिले सुनकोशी वडा नम्बर-१ मा २० हजार लिटर क्षमतादेखि २ लाख लिटर क्षमता सम्मका २६ वटा रिजर्भ ट्याङ्की रहेको छ । अहिले वडा नम्बर एकका सङ्घसंस्था र व्यक्तिगत घरसहित ७८६ घरधुरीले खानेपानीको सुविधा प्राप्त गरेका छन् ।

काम सम्पन्न भएपछि गाउँपालिका राष्ट्रिय महासंघले यसअघि नेपालका कुनै पनि वडामा यस्तो अभियान सफल भएको छ वा छैन जानकारीको लागि अनुरोध गर्दै पत्र पठाएको थियो । संघले एक हप्ताको समय लिई यस्तो कुनै पनि अभियान अहिले सम्म नेपालको ७५३ स्थानीय तहका ६७४२ वडा मध्ये कतै पनि सम्पन्न नभएको विवरणसहित वडालाई पत्र पठाएको थियो यससँगै सुनकोशी गाउँपालिका एक नेपालकै शतप्रतिशत मिटरजडित खानेपानी धारा अभियान सफल हुने पहिलो वडा घोषणा भएको हो ।

यस कार्यका लागि ८० प्रतिशत बजेट वडाको र बाँकी २० प्रतिशत बजेट अन्य संघसंस्थाको रहेको वडाध्यक्ष नेत्र कार्कीले मकालुखबरलाई जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान, शशांक उपस्थित
पछिल्लो समाचार →
स्थानीय तह चुनावको कार्यतालिका यस्तो छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *