Latest News
Kathmandu

स्थानीय तह चुनावको कार्यतालिका यस्तो छ

स्थानीय तह चुनावको कार्यतालिका यस्तो छ

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको हो ।

उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । १२ गतेनै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारीको विरोधमा उजुरी दिन वैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ ।

वैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गतेनै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशान ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

आयोगले मौन अवधि वैशाख २७ गते राति १२ बजेबाट लागू हुने जनाएको छ । मौन अवधि मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट लागू हुनेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सबै घरमा मिटरजडित धाराबाट खानेपानी आपूर्ति गर्ने देशकै पहिलो वडा १ बन्यो – सुनकोशी
पछिल्लो समाचार →
गाँजाको औषधीय महत्व यस्तो छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *