
काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालको काठमाडौँ जिल्ला अध्यक्षमा ज्ञानु विद्रोही निर्वाचित भएका छन् ।
संघको आज शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले काठमाडौँ जिल्ला अध्यक्षमा विद्रोहीलाई निर्वाचित गरेको हो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको सो अधिवेशनमार्फत विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
यसका साथै उक्त कार्यक्रममा प्रगतिशील लेखक संघको पुस्तक प्रलेसको विमोचन समेत गरिएको थियो ।