Latest News
Kathmandu

हेलिकोप्टरमार्फत डिउटीमा खटिएका हवलदार बिरामी धनगढी पुर्‍याइयो

हेलिकोप्टरमार्फत डिउटीमा खटिएका हवलदार बिरामी धनगढी पुर्‍याइयो

दार्चुला । डिउटीमा खटिएका प्रहरी हवलदार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

अपिहिमाल गाउँपालिका-३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवलदार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिइन् ।

थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुगेका थिए । -रासस

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पिउने पानीको मूल्य बढ्यो सुर्खेतको वीरेन्द्रनगरमा
पछिल्लो समाचार →
चैत १८ देखि प्रधान मन्त्री देउवाले भारत भ्रमण गर्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *