Latest News
Kathmandu

पिउने पानीको मूल्य बढ्यो सुर्खेतको वीरेन्द्रनगरमा

पिउने पानीको मूल्य बढ्यो सुर्खेतको वीरेन्द्रनगरमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मूल्य बढेको छ । प्रशोधित पिउने पानी उत्पादकहरूको आइतबार बसेको बैठकले यही १५ गतेदेखि लागु हुनेगरी पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेश वाटर एण्ड वेभरेज प्रालिका सञ्चालक अभिनाश थानीका अनुसार जार पानी फुटकरमा प्रति जार ४५०, होलसेलमा ४००, प्रति डिस्पेन्सर ४०० कायम गरिएको छ । यस्तै, जार पानी फुटकर ७५ र होलसेललाई ६० तथा एक लिटर बोतल पानीको प्रतिपेटी १८० रुपैयाँ कायम गरिएको छ ।

वीरेन्द्रनगरमा सञ्चालित उक्त पिउने पानी उत्पादक कम्पनीहरूले उद्योगी व्यवसायीको हकहित र वृत्ति विकासका लागि व्यवसायीक संघ गठन गर्ने निर्णय समेत गरेका छन् । वीरेन्द्रनगरमा जय श्री प्रशोधित पानी उद्योग, मध्यपश्चिम वटर, कर्णाली प्रदेश वाटर एण्ड वेभरेज, आरआर ड्रिकिङ्ग वटर, तिलाकर्णाली प्रशोधित खानेपानी उद्योग र बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योग सञ्चालनमा छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
२० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति राप्रपाले गठन गर्‍याे (सूचीसहित)
पछिल्लो समाचार →
हेलिकोप्टरमार्फत डिउटीमा खटिएका हवलदार बिरामी धनगढी पुर्‍याइयो

Leave a Comment

Your email address will not be published. Required fields are marked *