Latest News
Kathmandu

केही प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

केही प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

काठमाडाैँ । आज मंगलवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

अपरान्हतिर प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाकाे भनाइ छ।

प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आईपीएल: लखनउद्वारा हैदरावाद पराजित
पछिल्लो समाचार →
अर्थतन्त्र सङ्कटग्रस्त हुँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *