Latest News
Kathmandu

एमाले चुनावमा एक्लै लड्छ : महासचिव पोख्रेल

एमाले चुनावमा एक्लै लड्छ : महासचिव पोख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने बताएका हुन् ।

राप्रपा, सिके राउतका दलसँगको तालमेलको सम्भवना के छ भन्ने पत्रकारको जिज्ञाशामा उनले एमालेले पार्टीगत तालमेलको पक्षमा नरहेको बताए ।

उनले सत्तारुढ गठबन्धनका दलले एमालेले राजवादी दलसँग तालमेल हुँदेछ भनेर भ्रम फैलाएको आरोप लगाए ।

‘जो एक्लै उठ्ने आट गर्दैन्, उनीहरुले यस किसिमका भ्रम फैलाएका छन्’ उनले भने, ‘एमाले एक्लै उठ्न सक्छ, यसमा कुनै समस्या छैन ।’

उनले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्याकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडी बढ्ने बताए । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्ध बमपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गरे । उनले कांग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताए ।

त्यस्तै पोख्रेलले प्रचण्ड र माधव नेपालसँग बामएकताको सम्भवना नरहेको तर माओवादी र एकीकृत समाजवादीका कार्याकर्तालाई एकतावद्ध गर्ने पक्षमा भने एमाले रहेको बताए । ‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ’ उनल भने, ‘माधव नेपालका कार्याकर्तालाई गोलवद्ध हुँदै ठूलो शक्ति निर्माण गर्न आह्वान पनि गरिरहेका छौं ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोरोना संक्रमण तिव्र भएपछि चीनको सांघाईमा लकडाउन
पछिल्लो समाचार →
ए डिभिजनमा उक्लियो चर्च ब्वाइज युनाइटेड

Leave a Comment

Your email address will not be published. Required fields are marked *