Latest News
Kathmandu

कोरोना संक्रमण तिव्र भएपछि चीनको सांघाईमा लकडाउन

कोरोना संक्रमण तिव्र भएपछि चीनको सांघाईमा लकडाउन

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ ।

चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् ।

कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।

कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।

सन् २०१९ मा चीनको बुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जिप दुर्घटना हुँदा सल्यानमा सहचालकको मुत्यु, चालक घाइते
पछिल्लो समाचार →
एमाले चुनावमा एक्लै लड्छ : महासचिव पोख्रेल

Leave a Comment

Your email address will not be published. Required fields are marked *