Latest News
Kathmandu

जिप दुर्घटना हुँदा सल्यानमा सहचालकको मुत्यु, चालक घाइते

जिप दुर्घटना हुँदा सल्यानमा सहचालकको मुत्यु, चालक घाइते

दाङ । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए ।

दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चुनावी तालमेल गर्न सुदूरपश्चिममा एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल
पछिल्लो समाचार →
कोरोना संक्रमण तिव्र भएपछि चीनको सांघाईमा लकडाउन

Leave a Comment

Your email address will not be published. Required fields are marked *