Latest News
Kathmandu

तेह्र छात्रा बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

तेह्र छात्रा बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

काठमाडौँ । इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । त्यहाँको अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

समाचार संस्था रोयटर्सकाअनुसार बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ । अदालतले शिक्षक ‘हेरी विरावन’को घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको भन्दै देशको धार्मिक स्कूलमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सरकारले अर्थतन्त्रमा देखिएकाे संकट समाधानकाे उपाय खाेज्न बृहत् अन्तरक्रिया गर्ने
पछिल्लो समाचार →
बागमती सरकार फेरबदलमै अल्झियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *