Latest News
Kathmandu

कर्णाली करिडोरअन्तर्गत नौवटा पुल बन्दै

कर्णाली करिडोरअन्तर्गत नौवटा पुल बन्दै

मान्म । कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन्। कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन्।

कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा  बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो।

त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ। पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए। ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ’, उनले भने, ‘यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ।’ रासस

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बागमती सरकार फेरबदलमै अल्झियो
पछिल्लो समाचार →
महिलालाई उद्यमी तालिम

Leave a Comment

Your email address will not be published. Required fields are marked *