Latest News
Kathmandu

महिलालाई उद्यमी तालिम

महिलालाई उद्यमी तालिम

काठमाडौं । एसिया र प्यासिफिकका लागि संयुक्त राष्ट्र आर्थिक र सामाजिक आयोग र दक्षिण एसियाली महिला विकास मञ्चको सहकार्यमा इ–कमर्स र डिजिटल मार्केटिङमार्फत ब्यापार विस्तार गर्न महिला उद्यमीहरुको तालिम सम्पन्न भएको छ। तीन दिने उक्त तालिम कार्यक्रममा इ पर्यटन मार्केटिङ र हस्तकला र कृषि : डिजिटल टेक्नोलोजी अवसरहरुको फाइदा सम्बन्धि सत्रहरुबाट सुरु भयो।

कार्यक्रमकी प्रमुख अतिथि सहरी विकास मन्त्री रामकुमारी झाक्रीले डिजिटल मार्केटिङ र इ कमर्समा सुरुआती पुस्तिका शीर्षकको म्यानुअलको विमोचन गरिन्। कार्यक्रममा मन्त्री झाँक्रीले महिलाको सामाजिक र आर्थिक सशक्तिकरणमा जोड दिँदै यस तालिमले उनीहरुलाई आफ्नो व्यवसाय डिजिटलाइज गर्न मदत पुग्ने विश्वास ब्यक्त गरिन्।

दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले दक्षिण एसियामा महिलाको नेतृत्वमा एसएमईका लागि इकमर्स क्षमता निर्माण सम्बन्धी साझेदारी परियोजनाको स्थापना भएदेखि नै दक्षिण एसियाका १५ सयभन्दा बढी महिला उद्यमीलाई तालिम दिइएको बताइन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कर्णाली करिडोरअन्तर्गत नौवटा पुल बन्दै
पछिल्लो समाचार →
स्थानीय तह निर्वाचन : लमजुङमा चार दलको गठबन्धन

Leave a Comment

Your email address will not be published. Required fields are marked *