Latest News
Kathmandu

नियमित खोप छुटेका बालबालिकालाई बैशाखदेखि दिइने

नियमित खोप छुटेका बालबालिकालाई बैशाखदेखि दिइने

काठमाडौं । नियमित खोपबाट बञ्‍चित भएका बालबालिकालाई बैशाखदेखि लगाइने भएको छ। पोलियो, दादुरा, हेपाटाइटिस बि, लहरेखोकी, धनुषटंकार, निमोनिया र जापानिज इन्सेफलाइटिसलगायत विरुद्धको  नियमित खोप नपाएका बालबालिकालाई बैशाखदेखि दिने भएको हो।

स्वास्थ्य सेवा विभाग परीवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले बैशाखदेखि खोप लगाउन छुटेकालाई खोप दिइने बताएको हो । खोप शाखा प्रमुख सागर दाहालले नियमित खोप अभियानमा खोप लगाउन छुटेकालाई उनीहरुको हिस्ट्री हेरी खोप दिइने बताए । उनले भने, ‘केहि बालबालिकाहरु नियमित खोप अभियानमा छुटेका छन् । छुटेका बालबालिकालाई बैशाखदेखि नियमित खोप अभियान समेट्छौं । यस्तै, टाइफाइड खोप लगाउँदा उनीहरुको हिस्ट्री र रेकर्ड हेरेर खोप उपलब्ध गराउँछौं । ‘

कोरोना संक्रमणका कारण नियमित खोप अभियान प्रभावित बनेको थियो । बालबालिकालाई सरूवा रोगहरुविरुद्ध सुरक्षा प्रदान गरी बिरामी दरमा कमी ल्याई शिशु तथा बाल मृत्युदर घटाउन सरकारले नियमित खोप अभियान संचालन गर्दै आएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म रकम पठाउन मिल्ने
पछिल्लो समाचार →
स्थानीय तह निर्वाचनमा कस्को भूमिका के ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *