Latest News
Kathmandu

हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म रकम पठाउन मिल्ने

हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म रकम पठाउन मिल्ने

काठमाडौं । नेपालको सर्वाधिक डाउनलोड गरिएको एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पुरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । कप्पनीका अनुसार अहिलेसम्म प्रति व्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था रहेकोमा अब देखि यो सीमा बढेर एक लाख डलर पुगेको छ।

प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिएको यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ।

‘तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ। जसअन्तर्गत रकम पठाएको केहि मिनेटमै नेपालको बैंक खातामा पैंसा जम्मा हुनेछ,’ हाम्रो पात्रोको संस्थापक तथा सीईओ शंकर उप्रेतीले बताए।

हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रो पात्रोको विश्वास छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन
पछिल्लो समाचार →
नियमित खोप छुटेका बालबालिकालाई बैशाखदेखि दिइने

Leave a Comment

Your email address will not be published. Required fields are marked *