Latest News
Kathmandu

चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा

चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातलाई थप सहज बनाउने बताएका छन् ।

आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको बताए ।

साथै, उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको भन्दै बन्दरगाहले व्यापारलाई सहजीकरण गर्नुका साथै पारदर्शी बनाउने विश्वास व्यक्त गरे ।

२०७५ सालबाट निर्माण कार्य सुरु गरिएको सुख्खा बन्दरगाह विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रचनालाई स्पष्टीकरण सोधिएको छैन : क्यान
पछिल्लो समाचार →
प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाह उद्घाटन (फोटोफिचर)

Leave a Comment

Your email address will not be published. Required fields are marked *