Latest News
Kathmandu

रचनालाई स्पष्टीकरण सोधिएको छैन : क्यान

रचनालाई स्पष्टीकरण सोधिएको छैन : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले गायिका रचना रिमाललाई स्पष्टीकरण नसोधेको जनाएको छ।

‘सोमबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा मैदान प्रवेशको विषयलाई लिएर हाम्रो सुरक्षा इन्चार्जलाई मात्र स्पष्टीकरण सोधिएको र गायिका रिमाललाई हामीले नै अतिथि बोलाएको हुदाँ उहाँलाई स्पष्टीकरण सोध्ने कारण नै नभएको’ क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले अन्नपूर्णलाई बताए।

उनले भने ‘टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ। हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ। अलि तल राखभन्दा त्यहिँ राखेको रहेछ। त्यहीँ प्रेसर पर्‍यो। त्यो मौका पाउँदा हुल नै भित्र छिर्‍यो,’ सो बारे सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेका छौं।

गायिका रिमालले कप्तान सन्दीप लामिछानेलसँग ट्रफीसहितको फोटो फेसबुकमा पोष्ट गरेकि छिन्।

सोमबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई हराउँदै सिरिजको विजेता बनेको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्थानीय तह निर्वाचनमा कस्को भूमिका के ?
पछिल्लो समाचार →
चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा

Leave a Comment

Your email address will not be published. Required fields are marked *