Latest News
Kathmandu

परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छः मन्त्री कार्की

परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छः मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अबको गन्तव्य राष्ट्रिय र सामाजिक एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्नु रहेकाले यसमा सबैको साथ र समर्थन आवश्यक छ ।” सरकार सदैव प्रेस स्वतन्तत्राको पक्षमा रहेको र सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सञ्चारकर्मीको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कार्कीले त्यसका लागि सरकार सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले अबको १० वर्षभित्रमा समृद्ध नेपाल र धनी नेपाली बनाउने आकांक्षाका साथ सरकार अघि बढेको उल्लेख गर्दै यस अभियानमा सबै क्षेत्रको योगदान अपरिहार्य हुने औँल्याउनुभयो । नेपालको संविधानले परिकल्पना गरेको विकास, समृद्धि सामाजिक एकता हासिल गर्न सबै एक भएर लाग्नुपर्र्ने उहाँको भनाइ थियो ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले यसअघिको सरकाले प्रेस स्वतन्त्रता सङ्कूचन हुनेगरी अघि बढाएका विधेयकहरु फिर्ता लिन आग्रह गर्नुभयो । नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सरकार र मिडियाकर्मीको संयुक्त सहकार्य र योगदान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, प्रेस युनियनका कावा महासचिव भीष्मराज ओझा, युनियनका कोषाध्यक्ष सरोज अघिकारीलगायतले सञ्चार क्षेत्रको चुनौतिबारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
परराष्ट्रमन्त्री चीनसामु निरीह, कहिले हटाउला चीनले नेपालमाथिको अघोषित नाकाबन्दी ?
पछिल्लो समाचार →
संरक्षित वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न तीन जना पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *