Latest News
Kathmandu

संरक्षित वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न तीन जना पक्राउ

संरक्षित वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुरथिमी नपा–१ मनोहरा नयाँबस्तीमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेकोे भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्लाका मध्यपुरथिमी–१ मनोहरा नयाँबस्ती बस्ने जसनन्द बेगाको छोरा ४७ वर्षीय क्षत्रबहादुर बेगा, जुम्लाका सिञ्जा गापा–६ काडागाउँ घर भई हाल काठमाडाैँ कोटेश्वर बस्ने नरेन्द्र बुढाको छोरा १८ वर्षीय गोपाल बुढाक्षेत्री र पाँचथर जिल्लाका याङवरक गापा–२ तिनतिम्बो घर भई हाल काठमाडौँ जोरपाटी नयाँबस्ती बस्ने बलीराज बेगाको छोरा ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन् ।

पक्राउ व्यक्तिबाट कस्तुरीको विना पाँच थान र भालुको पित्त पाँच थान फेला पारेको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छः मन्त्री कार्की
पछिल्लो समाचार →
आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *