Latest News
Kathmandu

ग्यास र पेट्रोलियमको भाउ फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

ग्यास र पेट्रोलियमको भाउ फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ । यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमाले गण्डकीको दाबी बहुमत पालिका जित्ने
पछिल्लो समाचार →
सुकुम्बासीवस्तीका मतदाताहरुले आफूहरुको समस्या समाधान गर्नेलाई मात्र मत दिने निर्णय

Leave a Comment

Your email address will not be published. Required fields are marked *