Latest News
Kathmandu

निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे आपत्ति, मतपत्र निलो बनाउन माग

निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे आपत्ति, मतपत्र निलो बनाउन माग

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको विषयमा नेकपा एमालेले लिखितरुपमै असहमति जनाएको छ। एमालेका तर्फबाट महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर ६ वटा विषयमा असहमति राखेका हुन्।

‘आचारसंहितामा ‘निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने, तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुयाएको मानिने छैन’ भन्ने प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको देखिन्छ,’ आयोगलाई बुझाएको पत्रमा भनिएको छ।

निर्वाचनमा मत माग्ने मात्र नभई दलहरूले आफ्नो विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि भएको एमालेले जनाएको छ। भेटमा एमालेले मतपत्रको रङ निलो हुनुपर्ने अडान राखेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोभिडका ९ नयाँ लक्षण थपिए
पछिल्लो समाचार →
निर्वाचन आयोगमा विप्लव समूहका नेता प्रकाण्डसहितको टोली

Leave a Comment

Your email address will not be published. Required fields are marked *