Latest News
Kathmandu

निर्वाचन आयोगमा विप्लव समूहका नेता प्रकाण्डसहितको टोली

निर्वाचन आयोगमा विप्लव समूहका नेता प्रकाण्डसहितको टोली

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ ।

स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।

पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।

तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि उनीहरु प्रस्तावबाट पछि हटेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे आपत्ति, मतपत्र निलो बनाउन माग
पछिल्लो समाचार →
एउटै चुनाव चिन्हबाट लड्ने धरानमा गठबन्धनको तयारी

Leave a Comment

Your email address will not be published. Required fields are marked *