काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको खुलामञ्चमा चुनावीसभा आयोजना गरेको छ । आमसभा भनिएपनि स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले चुनावी सभा आयोजना गरेको हो ।
सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतका नेताले सम्बोधन गर्दैछन् । सभा भर्खरै सुरु भएको राप्रपाले जनाएको छ ।
गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

Leave a Comment