Latest News
Kathmandu

स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : कमल थापा भन्छन्

स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : कमल थापा भन्छन्

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौं । एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पुर्‍याउने छौं ।’

पार्टीको केन्द्रीय कार्यसमितिले साझा चुनाव चिन्हबारे निर्णय गर्ने अधिकार आफूसहितका पदाधिकारीलाई दिएको उनले बताए । उनले अघि भने, ‘राजनीतिक, कानुन र व्यवहारिक रुपमा सम्भव भयो र एमालेसँग साझदारी कायम हुनसक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना छ ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कामना सेवा विकास बैंकले किर्ते कागजातका आधारमा करोडौँ ऋण दिएको खुलाशा, ६१ वर्षे बृद्धलाई मुद्दा !
पछिल्लो समाचार →
टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *