Latest News
Kathmandu

कामना सेवा विकास बैंकले किर्ते कागजातका आधारमा करोडौँ ऋण दिएको खुलाशा, ६१ वर्षे बृद्धलाई मुद्दा !

कामना सेवा विकास बैंकले किर्ते कागजातका आधारमा करोडौँ ऋण दिएको खुलाशा, ६१ वर्षे बृद्धलाई मुद्दा !

काठमाडौं । नेपाल राष्ट्र ‘ग’ वर्गको मान्यता प्राप्त कामना सेवा विकास बैंकले किर्ते कागजातको आधारमा ऋण प्रवाह गर्ने गरेको पाइएको छ । यसरी किर्ते कागजातको आधारमा ऋण प्रवाह गरेको पुष्टि हुँदा पनि बैंकका उच्च अधिकारी तथा सरकारी निकायको मिलेमतोमा ६१ वर्षिय एक बृद्धलाई मुद्दा चलाएर बैंकका ठूलाबडालाई उन्मुक्ति दिइएको खुलाशा भएको छ ।

झापामा रहेको बैंकको दमक शाखाबाट प्रवाह भएको एक करोड ५० लाख ऋणको विषय यतिबेला प्रहरी हुँदै सरकारी वकिल मार्फत जिल्ला अदालत झापा सम्म पुगेको छ ।

मोरङको उर्लाबारी नगरपालिका ५ घर भएका ६१ वर्षिय प्रेम कुमार तामाङका छोरा प्रकाश लामाले दमक झापाको नगरपालिका ५ मा छिरिङ ईन्टर प्राइजेज नामक कम्पनि खोलेका थिए । बुलेट बाइकको कारोबार गर्ने उद्देश्यले खोलेको उक्त कम्पनिले थप ‘ग्रोथ’ गर्नका लागि कामना सेवा विकास बैंकबाट ऋण लिने प्रक्रिया शुरु गर्यो ।

उर्लाबारी ५ मै रहको कित्ता नम्बर ३४ र २९१ मा रहेको घर तथा जग्गा धितो राखेर बैंकबााट ऋण लिने उनीहरुको तयारी थियो । सोही तयारीका क्रममा उर्लाबारी नगरपालिकाबाट कागजात प्रमाणित गरेर ल्याउनुपर्ने भयो । घरको नक्सा पास र घर निर्माण सम्पन्नताको प्रमाण पत्र भएपछि मात्रै बैंकले ऋण दिने प्रक्रिया शुरु गर्छ । उमेरले बृद्ध भइसकेका प्रेम बहादुर नगरपालिकाको कार्यालय पुगे कार्यालयको कम्पाउन्ड भित्रै उनले तराई मूलका एक जना नागरिकलाई भेटे ।

ती नागरिकले ‘म कार्यालयकै कर्मचारी हुँ के गर्दिनुपर्ने हो म गरिदिन्छु’ भनेपछि प्रेम बहादुरले नक्सा पास र घर निर्माण सम्पन्न प्रमाण पत्र लिन आएको बताए । ती नागरिकले आफूले नै ती काम गर्ने भन्दै प्रेम बहादुरसँग भएको कागजात लिएर भोली ३० हजार रुपैयाँ शुल्क लिएर आउनु काम हन्छ भन्दै पठाए । भोलीपल्ट ती कर्मचारी भित्रै कम्पाउन्डमा बसिरहेका थिए । प्रेम बहादुरले कम्पाउन्ड भित्रै ३० हजार रुपैयाँ दिएर आफ्नो कागजात लिएर घर तिर लागे । सोही कागजातको आधारमा कामना सेवा विकास बैंकले उनका छोरालाई व्यापारका लागि एक करोड ५० लाख रुपैयाँ ऋण दियो । तत्कालिन बैंकको प्रदेश १ प्रमुख सुजन छाराहाङ र शाखा प्रमुख सञ्जिव निरौलाको मिलेमतोमा ऋण दिए ।

२ वर्षसम्म प्रकाशको परिवारले मासिक किस्ता तिर्दै आएको थियो । तर, गत वर्षदेखि मुलुकमा कोरोना भाइरस संक्रमणका कारण लकडाउन भयो । लकडाउनकै अवधिमा बैंकलाई नियमित किस्ता बुझाउन नसकेपछि बैंकले धितोमा रहेको घरजग्गा लिलामी गर्ने प्रक्रिया थाल्यो । प्रक्रिया थाल्ने पहिलो कदम हो– बैंकसँग भएको कागजात प्रमाणित गर्नु । यही क्रममा बैंकका कर्मचारी मोरङको उर्लाबारी नगरपालिकामा गई घर निर्माण सम्पन्नको प्रमाण र नक्सा पास लगायतको कागजात परिक्षण गर्न पुगे । तर, बैंकसँग भएको कागजात नगरपालिकामा भेटिएन । त्यसपछि बैंकले थाहा पायो उक्त कागजात त नक्कली पो रहेछ ।

सामान्य लेखपढ मात्रै भएका प्रेमबहादुरले नगरपालिकाको कम्पाउन्ड भित्रै भेटिएका तराई मूलका ती नागरिकलाई नै कर्मचारी ठानेका थिए । तर, त्यही भेटले उनलाई २ वर्षपछि प्रहरी हिरासतमा पुर्याएको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले नक्कली कागजात बनाएको अभियोगमा उनलाई पक्राउ गरि हिरासतमा राखेको छ । यता जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनका छोरा प्रकाश लामालाई फरार प्रतिवादी बनाएर बाबुमाथि सरकारी दस्तखत किर्ते मुद्दा लगाएको छ । कामना सेवा विकास बैंकको जाहेरी निवेदनको आधारमा उनलाई लिखत सम्बन्धी कसुरमा मुद्दा लगाइएको हो ।

बैंकले ऋण धितो लिने, दिने सबै प्रक्रियामा समलग्न अधिकारीलाई भने उन्मुक्ति दिएको छ ।

‘बैंकबाट हुने सबै किसिमका ऋण कारोबारमा गल्ती भयो भने त्यसको प्रमुख कार्यकारी अधिकृत सिइओ जिम्मेवार हुनुपर्छ,’ बैंक तथा वित्तिय संस्थाका एक विज्ञ भन्छन्,‘तर यो मुद्दामा बैंकका कुनै पनि कर्मचारीलाई मुद्दा नचलाउनु दुर्भाग्यपूर्ण हो । वैंक तथा वित्तिय संस्थासँग कुनै आवद्धता नभएका व्यक्तिलाई मुद्दा चलाएर अन्यलाई उन्मुक्ति पो दिइएछ ।’
बैंकको प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत हुन् ।

बैंकले गरेको चरम लापरबाहीको थप विवरण अर्को अंकमा प्रकाशन हुने छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ओलीको चुनौती माधव नेपाललाई तीन सिट जितेर देखाउन
पछिल्लो समाचार →
स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : कमल थापा भन्छन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *