Latest News
Kathmandu

स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन

स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्र्नुपर्ने र त्यसका लागि सबै एकभएर जुट्नुपर्ने उहाँको भनाइ थियो । उहाँले स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यकर्मीको पेसा सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको हुनाले त्यसप्रति ध्यान दिएर जिम्मेवार भएर काम गर्न आग्रह गर्दै महामारीका बेलामा स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी राखेर गरेको कामप्रति उच्च प्रशंसा गर्नुभएको थियो । स्वास्थ्यकर्मीको महाधिवेशनमा देशभरबाट ७०० प्रतिनिधि सहभागी भएका छन् । आइबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रियसभा सदस्यमा मनोनित दाहाल
पछिल्लो समाचार →
बालक अपहरण गरी मार्ने ७ जना पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *