Latest News
Kathmandu

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विश्वभर एकैदिन ११ लाखमा कोरोना पुष्टि
पछिल्लो समाचार →
कपिलवस्तुमा अस्पताल बन्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *