Latest News
Kathmandu

उपत्यकामा बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

उपत्यकामा बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

नेपाली नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर बढाएको हो ।

मन्त्रालयले यही चैत २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । अब यात्रुहरूले ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज ‘रामनवमी’ पर्व देशभरि मनाइँदै
पछिल्लो समाचार →
लाइसेन्सको आवेदन दुई महिनापछि मात्रै खुल्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *