Latest News
Kathmandu

लाइसेन्सको आवेदन दुई महिनापछि मात्रै खुल्ने

लाइसेन्सको आवेदन दुई महिनापछि मात्रै खुल्ने

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ।

नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ। नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो ।

फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो। यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
उपत्यकामा बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)
पछिल्लो समाचार →
सार्वजनिक शिक्षा सुधारको बहस : एक अनुभवजन्य तथा प्रयोजनवादी प्रस्ताव

Leave a Comment

Your email address will not be published. Required fields are marked *